वर्षमान पुनलाई उपचारका लागि थाईल्याण्ड लगिने

काठमाडौँ, १२ असोज । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई उपचारका लागि थाईल्याण्ड लगिने भएको छ । जण्डिसको वंशानुगत समस्या भएका पुनलाई बुधबार विहान ८ बजे थाईल्याण्ड लगिने भएको हो ।

उनको बैंककस्थित समितिभेज अस्पतालमा उपचार हुने बताइएको छ । चार बर्ष अघि पनि उनको सोही अस्पतालमा उपचार भएको थियो ।

पारिवारिक श्रोतका अनुसार पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको बताइएको छ। तीन साता अघि बुटवल तथा रोल्पामा भएको राजनीतिक कार्यक्रममा सहभागि भएका उनमा दुई साता यता स्वास्थ्य समस्या देखिन थालेको हो ।

पछिल्लो पटक उनले सुमेरु अस्पतालमा नियमित जसो फलोअप गराउँदे आएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *