काठमाडौँ महानगरमा आजबाट १८ बर्ष माथिका सबैलाई एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिईंदै

काठमाडौँ, ११ असोज । काठमाडौँ महानगरपालिकामा आजबाट कोभिडविरुद्धको खोप एस्ट्राजेनेका को पहिलो मात्रा दिईने भएको छ ।

जिल्लास्तरीय खोप समन्वय तथा अनुगमन समिति काठमाडौँको आइतबारको निर्णय अनुसार खोप लगाउन बाँकी १८ बर्ष माथिका सबैलाई आजबाट एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिन लागिएको हो ।

महानगरपालिकाले काठमाडौँ महानगरपालिका भित्रका ३२ वटै वडाका खोप केन्द्र संगै नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, निजामती कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली र वीरेन्द्र अस्पताल छाउनीमा गएर समेत खोप लगाउन सकिने विभागीय प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।

उनका अनुसार खोप विहान १० देखि अपरान्ह ४ बजेसम्म चल्नेछ ।

खोप लिनका लागि विद्युतीय दर्ता र परिचयपत्र लिएर जानुपर्ने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *