स्वास्थ्यमा रिक्त ३ वटा प्रमुख विशेषज्ञ पद (बाह्रौं) तहको बढुवा प्रक्रिया अघि बढ्यो

काठमाडौँ, १० असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले स्वास्थ्य मन्त्रालयमा रिक्त रहेको प्रमुख विशेषज्ञ पद (बाह्रौं तह)को बढुवा प्रक्रिया अघि बढाएको छ ।

समितिको गत शुक्रबार बसेको बैठकले रिक्त तीन पदमा बढुवा गर्नका लागि योग्यता पुगेका कर्मचारीसंग व्यक्तिगत विवरण पेश गर्न भनेको छ ।

समितिले स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५(२) बमोजिम कार्यसम्पादन क्षमताको आधारमा बढुवा गर्नुपर्ने भएकोले २०७८ असार मसान्तसम्म न्युनतम पाँच बर्ष सेवा अवधी पुरा भएका एघारौं तहका अधिकृत कर्मचारीहरुले मन्त्रालयको वेवसाइटमा रहेको बढुवासम्वन्धी व्यक्तिगत फारम डाउनलोड गरी उक्त विवरण सम्वन्धित निकायबाट प्रमाणित गराई १५ दिन भित्र बढुवा शाखामा दर्ता गराउन भनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *