चौबिस घण्टामा थप ९५३ जनामा कोरोना संक्रमण, १३७१ जना संक्रमणमुक्त

काठमाडौँ, ९ असोज। पछिलो चौबिस घण्टामा देशभर ९५३ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार ३७१ जना निको भई डिस्चार्ज भएका छन् । आज थप ६ जना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको बिबरण अनुसार ७ हजार ५० जनाको पीसीआर बिधीबाट र ३ हजार ५२९ जनाको एन्टीजेन बिधिबाट गरी कुल १० हजार ५७९ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ७९० र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १६३ जना गरी आज कुल ९५३ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा १९८ भक्तपुरमा ४० र ललितपरमा ७३ जना गरी काठमाडौँ उपत्यकामा ३११ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ७ सय रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ३६३ र भेन्टीलेटरमा १०९ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *