नेपाल रेडक्रसलाई चिनियाँ रेडक्रसले दियो १ लाख डोज भेरोसेल

काठमाडौँ, ८ असोज । नेपाल रेडक्रस सोसाइटी चीनबाट एक लाख डोज कोभिडविरुद्धको खोप भेरोसेल प्राप्त गरेको छ । चिनियाँ रेडक्रसले अनुदान सहयोगमा नेपाल रेडक्रसलाई सो परिमाणमा खोप उपलव्ध गराएको हो ।

नेपाल रेडक्रस र चिनियाँ रेडक्रसबीचको मित्रतालाई थप सुध्रिड गराउन खोप उपलव्ध गराईएको बताइएको छ ।

खोप बोकेर बेइजिङबाट उडेको क्याथवे प्यासिफिक विमान शुक्रबार अपरान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलम अवतरण गरिसकेको छ ।

नेपालस्थित चिनियाँ राजदूत होउ यान्कीले एक लाख डोज खोप बोकेको विमान काठमाडौँ अवतरण गरिसकेको जानकारी दिएकी छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *