डा. भक्तमान श्रेष्ठको अपहरणमा सम्लग्न एक जना ११ बर्ष पछि पक्राउ

काठमाडौँ, ६ असोज । चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालिन निर्देशक डा भक्तमान श्रेष्ठको अपहरणमा सम्लग्न एक जना ११ बर्ष पछि पक्राउ परेका छन् । अपहरण काण्ड पछि भारतको विभिन्न ठाँउमा लुक्दै आएका ती व्यक्ति मंगलबार नुवाकोटको विधुर नगरपालिका १२ बाट पक्राउ परेका हुन् ।

केन्द्रीय अनुसन्धान व्यूरो सीआईवीले अपहरणकारी घरमा आएको विशेष सूचनाको आधारमा मंगलबार नुवाकोटको विधुर नगरपालिका १२ पुगी ४५ बर्षीय राजेन्द्रकुमार पण्डितलाई पक्राउ गरि ल्याएको हो । सीआईवीका सूचना अधिकारी श्यामकुमार महतोका अनुसार ती अपहरणकारीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ पठाइएको छ ।

प्रहरीका अनुसार पण्डित सहितको १२ १५ जनाको अज्ञात समूहले २०६७ जेठ ४ गते भरतपुर नपा वडा नं १० हाकिम चोकस्थित हिमचुली विकास बैंंक नजिकको भित्री सडकबाट अपहरण गरेको थियो । सो समूहले १९ दिन बन्दक बनाई फिरौँतीबापत १ करोड १० लाख बराबरको साढे ३ किलो सुन लिएर छाडेको थियो ।

पुनरावेदन अदालत हेटौडाले २०७० माघ २१ गते पण्डित अपहरणमा सम्लग्न भएको फैसला सुनाएको थियो । उनलाई मुलुकी ऐन २०२० अपहरण तथा शरीर बन्धक लिने महलहरुको ३ नं बमोजिम ७ वर्ष कैद र सोही महलको ७ बमोजिम थप २ बर्ष कैद गरी कुल ९ बर्ष र ५० हजार रुपैयाँ जरिवाना ठहर भएको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *