चौबिस घण्टामा थप १०९५ जनामा कोरोना संक्रमण, २९५७ जना डिस्चार्ज

128
Shares

काठमाडौँ, ४ असोज। पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ९५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २ हजार ९५७ जना निको भई डिस्चार्ज भएका छन् । आज थप ८ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जारी गरेको बिबरण अनुसार १० हजार ७८६ जनाको पीसीआर बिधीबाट र ३ हजार ३३ जनाको एन्टीजेन बिधिबाट गरी कुल १३ हजार ८१७ जनाको नमुना परीक्षण भएको छ । जसमा पीसीआर बाट ९७५ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १२० जना गरी आज कुल १ हजार ९५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ३७१ र भेन्टीलेटरमा १०८ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *