पूर्वाञ्चल क्यान्सर अस्पतालमा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सम्पन्न

झापा, ३ असोज । बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालले २ हजार ८७ जना महिलाको नि:शुल्क रुपमा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार गरिदिएको छ । अस्पतालले सामाजिक उत्तरदायित्व अन्तरगर्त  नि:शुल्क रुपमा  मुखको क्यान्सर परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको हो ।

अस्पतालका जनसम्पर्क प्रमुख प्रोमिश गिरीका अनुसार शिविर गत ६ भदौ देखि ३१ भदौसम्म अस्पताल परिसरमै सञ्चालन भएको थियो । त्यहाँ परीक्षणका लागि आउने महिलाहरुलाई आवश्यकता अनुसारको विभिन्न परीक्षण तथा उपचार गरिरदिएको हो ।

डा प्रियंका कटुवालको नेतृत्वमा भएको शिविरमा सहभागी महिलाहरुको ओपीडी सेवा सहित डेक्सास्क्यान परीक्षण, प्याप स्मेयर परीक्षण, मेमोग्राम, सीए१२५ परीक्षण, कोल्पोस्कोपी परीक्षण गरिएको जनसम्पर्क प्रमुख गिरीले बताए ।

उनका अनुसार डेक्सा स्क्यान ५५ वटा, प्याप स्मेयर ३२३ वटा, १४१ जनाको मेमोग्राम परीक्षण, ५३७ वटा सीए१२५ परीक्षण र कोल्पोस्कोपी परीक्षण २९ वटा गरिएको जानकरी दिए ।

क्यान्सर रोगको उपचारका लागि अत्याधुनिक स्वास्थ्य उपकरणहरुको साथमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको पूर्वाञ्चलले आफूलाई दक्षिण एसियाकै उत्कृष्ठ अस्पताल बन्ने योजना साथ अघि बढेको छ ।

प्रस्तावित ३०० बेडको यो अस्पताल अहिले १०० बेडमा सञ्चालित छ । अस्पतालमा अहिले ब्रेची थेरापी, पेट सिटी, गामा क्यामेरा, फोर डि पेटसिटी सिमुलेटर, म्यामोग्राम, ब्रेन ल्याब, न्युरो नेभिगेसन सिष्टम, क्याथ ल्याब, डेक्सा स्क्यानको सेवा बिरामीले पाइरहेका छन् ।

पाठेघरको मुखको क्यान्सर उपचारमा ब्रेची थेरापी र स्तन क्यान्सरमा म्यामोग्राम अचुक उपकरण मानिन्छ । यस्तै रेडियो थेरापी, केमो थेरापी, सर्जरी, एमआरआई सिटिस्क्यान लगायतका लगायत सम्पूर्ण सेवा उपलब्ध रहेको जनसम्पर्क अधिकृत गिरीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *