चौबिस घण्टामा थप १०६६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

124
Shares

काठमाडौँ, २ असोज। पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ६६ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार २३४ जना निको भई डिस्चार्ज भएका छन् । आज थप १६ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको बिबरण अनुसार ८ हजार ५४० जनाको पीसीआर बिधीबाट र २ हजार ८१८ जनाको एन्टीजेन बिधिबाट गरी कुल ११ हजार ३८५ जनाको नमुना परीक्षण भएको छ । जसमा पीसीआर बाट ८३५ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा २३१ जना गरी आज कुल १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ८५ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ३८९ र भेन्टीलेटरमा १२१ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *