काठमाडौँमा असोज ४ गतेदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइँदै

काठमाडौँ, २ असोज । काठमाडौँ जिल्लामा असोज ४ गतेदेखि चिनियाँ खोप भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ।

पहिलो डोज भेरोसेल लगाएकाहरुलाई ४ गतेदेखि ६ गतेसम्म (३ दिन) दोस्रो डोज खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जानकारी दिएको छ।

खोप लगाउनका लागि काठमाडौँ महानगरपालिकाका सबै वडामा गरी ३२ वटा खोप केन्द्र तोकिएको छ।

स्वास्थ्य कार्यालय अनुसार काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा खोप लगाइँदैछ । वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने छ ।

यस्तै कीर्तिपुर नगरपालकिामा १० ठाउँमा दोस्रो डोज लगाइदैछ भने चन्द्रागिरि नगरपालिकामा १५ ठाउँमा दोस्रो डोज चिनियाँ खोप लगाइँदैछ ।

काठमाडौँको नागार्जुन नगरपालिकाको १० ठाउँ, तार्केश्वर नगरपालिकाको ११ ठाउँ, दक्षिणकाली नगरपालिकाको ९ ठाउँ, बुढानीलकण्ठ नगरपालिकाको १३ ठाउँ, टोखा नगरपालिकाको ११ ठाउँ, गोकर्णेश्वर नगरपालिकाको ठाउँ, शंकरापुर नगरपालिकाको ९ ठाउँ र कागेश्वरी मनोहरा नगरपालिकाको ९ ठाउँमा भेरोसेल दोस्रो डोज खोप लगाउन लागिएको छ ।

काठमाडौँ महानगरपालिकाको हकमा नेपाल प्रहरी अस्पताल महाराजगञ्‍ज, शसस्त्र प्रहरी अस्पताल बलम्बु, बीर अस्पताल रत्नपार्क, शिक्षण अस्पताल महाराजगञ्‍ज, निजामती कर्मचारी अस्पताल बानेश्‍वर, परोपकार प्रसूतीगृह स्त्रीरोग अस्पताल थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीमा खोप केन्द्र तोकिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *