चीनबाट भोली ४४ लाख डोज भेरोसेल आउँदै, नेपाल एयरलायन्सको विमान आज राती बेइजिङ जाँदै

काठमाडौँ, ३० भदौ । सरकारले चिनियाँ कम्पनी सिनोफार्मसंग खरीद गरेको कोभिडविरुद्धको खोप भेरोसेलको कुल ६० लाख डोजमध्ये मध्ये बाँकी ४४ लाख डोज विहीबार (भोली) दिउसो काठमाडौँ आईपुग्ने भएको छ । खोप लिनका लागि आज राती ११ बजे नेपाल एयरलायन्सको वाइडबडी विमान बेइजिङ प्रस्थान गर्दैछ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगर्तको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले चीनबाट खरीद भई आउन बाँकी ४४ लाख डोज खोप लिनका लागि नेपाल एयरलायन्सको विमान आजै राती त्यसतर्फ प्रस्थान गर्न लागेको बताए । उनले खोप लिएर विमान विहीबार मध्यान्न तिर काठमाडौँ अवतरण गर्ने जानकारी दिए ।

यसअघि नेपाल एयरलायन्स चीनबाट एक पटकमा ८ लाख डोज खोप ल्याउने गर्दथ्यो । तर यसपटक एक भाइलमै पाँच डोज रहने गरि प्याकेजिङ गरेकोले एकैपटकमा ४४ लाख डोज खोप आउने ढुंगानाले जानकारी दिए ।

‘पहिले एक भाइलमा एक डोज आउने गर्दथ्यो तर अहिले एक भाईलमा पाँच डोज आउने भएको छ । अझ अहिलेको भाइलको साइज कम हुने भएकोले ४४ लाख सजिलै अटने कुरा छ,’ ढुंगानाले भने ।

विहीबार यो खोप आइसकेपछि दोस्रो मात्रा लगाउन बाँकीहरुलाई प्राथमिकतामा राखेर थप नयाँ व्यक्तिहरुलाई दिने स्वास्थ्य सेवा विभागको तयारी रहेको छ । चीनबाट खरीद गरेको ६० लाख डोजमध्ये १६ लाख यसअघि नै आइसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *