फाइजर खोप राख्न मिल्ने ४ वटा फ्रिज राष्ट्रिय आविष्कार केन्द्रले पनि ल्यायो

काठमाडौँ, ३० भदौ । राष्ट्रिय आविष्कार केन्द्रले कोभिडविरुद्धको खोप फाइजर तथा मोर्डना भण्डारण गर्न मिल्ने अति चिसो तापक्रमवाला (अल्ट्रा लो ट्याम्प्रेचर) फ्रिज ल्याएको छ । आविष्कार केन्द्रले मंगलबार अमेरिकाबाट  ‘अल्ट्रा लो ट्याम्प्रेचर फ्रिज’ ल्याएको हो ।

आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले आफूकहाँ आएको फ्रिजमा माइनस ८६ डिग्री सेल्सियस सम्मको तापक्रममा राख्नुपर्ने खोपहरु सहजै रुपमा भण्डारण गर्न सक्ने बताए । उनले ४८५ लिटर क्षमताका यी फ्रिजहरुरमा करीव १ लाख डोज फाइजर तथा मोर्डना खोपहरु भण्डारण गर्न सकिने समेत जानकारी दिए ।

फाइजर खोप माइनस ७० डिग्री र मोर्डना खोप माइनस २० डिग्री तापक्रममा भण्डारण गर्नुपर्नै हुन्छ ।

पुनले यी फ्रिजहरु कोरोनाको सहयोगार्थ भनेर अमेरिकामा संकलन गरिएको रकम बाट नै किनेर ल्याईएको बताएका छन् । उनले फ्रिजको मूल्य, भन्सार ढुवानी समेत गरी कुल २९ लाख २० हजार रुपैयाँ खर्च भएको स्पष्ट पारेका छन् ।

‘अहिले सरकारले छिटै नै एक लाख थान फाइजर खोप र पछि लाखौँ डोज मोर्डना खोप पनि ल्याउन लागेको रहेछ । देशभरी नै सजिलैसंग यस्ता खोपहरु पुगोस र त्यसका लागि भण्डारण गर्नु आवश्यक पर्ने भएकोले पोटेवल टाइपको फ्रिज ल्याएर सहयोग गरेको हो,’ उनले भने ।

‘ हाम्रो उदेश्य सरकारले सुरु गरेको खोप अभियानमा थोरै भएपनि सहयोग पुगोस भन्ने नै हो । अहिले सरकारले प्रयोग गरोस, पछि कुनै संस्थाले कोरोनाको खोप किनेर आम जनतालाई वितरण गर्न चाहेमा पनि यसको प्रयोग गर्न सकिन्छ । त्यसपछि यी फ्रिजहरु अनुसन्धानका काममा पनि प्रयोग गरिनेछ । खोप उत्पादन र क्यान्सर जस्ता रोगको अनुसन्धानमा पनि प्रयोग गर्न सकिन्छ,’ उनले भने ।

त्यसो त सरकारले पनि चारवटा फ्रिज यसै साता १ लाख भण्डारण क्षमताकै अल्ट्रा लो ट्याम्प्रेचर) फ्रिज ल्याएको छ । ती फ्रिजहरु टेकुस्थित आपूर्ति केन्द्रको गोदाम फिटिङ हुँदैछन् । सरकारले १२ देखि १८ बर्ष मुनिका बालबालिकालाई समेत खोप दिन मिल्ने गरी ६० लाख डोज फाइजर तथा ४० लाख डोज मोर्डना खोप ल्याउने बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *