बागमतीको स्वास्थ्य मन्त्रालयको दरबन्दी तेरिजमा चिकित्सक नपरेको भन्दै गोदानको आपत्ति

640
Shares

काठमाडौँ, २९ भदौ ।बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले संंसोधन गरेको प्रस्तावित दरबन्दी तेरिजमा चिकित्सक समावेश नभएको भन्दै सरकारी चिकित्सक संघ नेपाल ( गोदान)ले आपत्ती जनाएको छ । उसले स्वास्थ्य सेवाको मुख्य स्तम्भ रहेको चिकित्सकलाई नजरअन्दाज गरेको भन्दै विरोध गरेको छ ।

गोदानको अध्यक्ष डा रबिन खड्का र महासचिव डा कीर्तिपाल सुवेदीद्धारा आज जारी विज्ञप्तीमा ‘नर्सिङ अधिकृत, जनस्वास्थ्य स्वास्थ्य अधिकृत जस्ता अरु विधाका स्वास्थ्यकर्मीहरु समावेस गरिनु तर चिकित्सक समूहको मेडिकल अधिकृत र विशेषज्ञ जानाजान नराखिनु हास्यास्पद एवं खेदपूर्ण छ’ भनिएको छ ।

गोदानले मेडिकल अधिकृत देखि विशेषज्ञहरुलाई मन्त्रालय विभाग, महाशाखा शाखा आदिमा दरबन्दी राखी अनिवार्य रुपमा नीति निर्माणको तहलाई थप बौद्धिक सबल दुरदर्शी होस भन्न चाहेको समेत उल्लेख गरेको छ ।

यसअघि प्रस्तुत गरेको दरबन्दी तेरिजमा प्रशासन समूहको सचिव रहने व्यवस्था थियो । त्यसमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले तिव्र विरोध गरेपछि स्वास्थ्य समूहकै सचिव बनाउने गरी तेरिज संसोधन गरेको थियो ।

यस्तो छ विज्ञप्ती

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *