बागमतीको स्वास्थ्य मन्त्रालयको दरबन्दी तेरिजमा चिकित्सक नपरेको भन्दै गोदानको आपत्ति

काठमाडौँ, २९ भदौ ।बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले संंसोधन गरेको प्रस्तावित दरबन्दी तेरिजमा चिकित्सक समावेश नभएको भन्दै सरकारी चिकित्सक संघ नेपाल ( गोदान)ले आपत्ती जनाएको छ । उसले स्वास्थ्य सेवाको मुख्य स्तम्भ रहेको चिकित्सकलाई नजरअन्दाज गरेको भन्दै विरोध गरेको छ ।

गोदानको अध्यक्ष डा रबिन खड्का र महासचिव डा कीर्तिपाल सुवेदीद्धारा आज जारी विज्ञप्तीमा ‘नर्सिङ अधिकृत, जनस्वास्थ्य स्वास्थ्य अधिकृत जस्ता अरु विधाका स्वास्थ्यकर्मीहरु समावेस गरिनु तर चिकित्सक समूहको मेडिकल अधिकृत र विशेषज्ञ जानाजान नराखिनु हास्यास्पद एवं खेदपूर्ण छ’ भनिएको छ ।

गोदानले मेडिकल अधिकृत देखि विशेषज्ञहरुलाई मन्त्रालय विभाग, महाशाखा शाखा आदिमा दरबन्दी राखी अनिवार्य रुपमा नीति निर्माणको तहलाई थप बौद्धिक सबल दुरदर्शी होस भन्न चाहेको समेत उल्लेख गरेको छ ।

यसअघि प्रस्तुत गरेको दरबन्दी तेरिजमा प्रशासन समूहको सचिव रहने व्यवस्था थियो । त्यसमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले तिव्र विरोध गरेपछि स्वास्थ्य समूहकै सचिव बनाउने गरी तेरिज संसोधन गरेको थियो ।

यस्तो छ विज्ञप्ती

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *