अवैध रुपमा भित्र्याइएको एक ट्रक औषधिसहित चालक नियन्त्रणमा

वीरगञ्ज २८ भदौ । पर्सा प्रहरीले भारतबाट अवैध रुपमा भित्र्याइएको एक ट्रक औषधिसहित चालक नियन्त्रणमा लिएको छ । ना ३ ख १३३५ नम्बरको ट्रकमा शंकास्पद किसिमका औषधिहरु रहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले औषधिसहित चालक नियन्त्रणमा लिएको हो ।

प्रहरीले १३ लाख ४८ हजार ७७६ रुपैयाँ बराबरको ७८६ कार्टुन पोलिवियन २५० एमएलको सिरप र वीरगञ्ज मनपा २ बस्ने सरोज मियाँलाई नियन्त्रणमा लिएको बताएको छ ।

‘शनिबार राती साढे ९ बजे हामीलाई सूचना प्राप्त भयो । तत्काल खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं १६ नगवामा ट्रक आउँदै गरेको भेट्यो त्यसपछि रोकेर जाँच गर्दा १३ लाख ४८ हजार ७७६ रुपैयाँ बराबरको ७८६ कार्टुन पोलिवियन २५० एमएलको सिरप भेटियो,’ पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले ।

उनले ती औषधिहरु आयात गर्न आवश्यक पर्ने इजाजत प्राप्त चिकित्सकको स्वीकृति पत्र लिएको नपाइएकोले उक्त ट्रक, औषधि र चालक मियाँलाई आवश्यक कारवाहीको लागि आइतबार वीरगञ्जस्थित औषधि व्यवस्था विभाग शाखा कार्यालयमा पठाइएको समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *