स्टार हस्पिटलद्धारा विश्व साइकल यात्री शाहको टोलीलाई विदाई

काठमाडौँ २७ भदौ । ‘सम्वन्ध जोडौं देश घुमौं’ भन्ने नाराका साथ बृहत साइकल यात्रामा निस्केका विश्व साइकल यात्री पुस्कर शाहको टोलीलाई स्टार अस्पतालले शुभकामना सहित विदाई गरेको छ ।

बिहीबार अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पतालका कार्यकारी अध्यक्ष किशोरकुमार महर्जन र मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतीले  विश्व साइकल यात्री शाह र उनका टोली सदस्यहरुलाई  शुभकामना सहित विदाई गरेको हो ।

सो अवसरमा टोलीलाई अस्पतालको तर्फबाट खादा लगाईदिनुका साथै १ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

बिहीबार अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पतालका कार्यकारी अध्यक्ष किशोरकुमार महर्जन र मेडिकल डाइरेक्टर डा शैल रुपाखेतीले खादा तथा नगद सहयोग गर्दै यात्रा सफलताको कामना गरेको हो ।

बृहत साइकल यात्रा इलामको श्रीअन्तुबाट सुरु भई मुगुको रारा ताल सम्म पुग्ने बताईएको छ । उक्त साइकल यात्रा २८ दिनको रहने जानकारी दिइएको छ ।

कार्यक्रममा बोल्दै विश्व साइकल यात्री पुस्कर शाहले साइकिलिङले स्वास्थ्य र आर्थिक पक्षलाई कति फाइदा पुग्दछ भनेर जानकारी दिएका थिए । उनका अनुसार काठमाडौँमा १२ लाख मोटर साइकल धनीहरुले हप्तामा एकदिन साइकल सवार गरेको खण्डमा दिनको झण्डै रु. १२ करोडको पेट्रोल बचत हुने त्यसबाट बार्षिक झण्डै रु. ६ अरबको बचत हुनेछ । त्यसले व्यक्ति स्वस्थ हुनुमा मदत पुग्ने र वातावरणमा हुने नकरात्मक प्रभाव समेत घट्न सक्ने बताए ।

स्टार अस्पतालका अध्यक्ष महर्जनले आफूहरु सामाजिक अभियानमा जोडिदै आएको भन्दै स्टार हस्पिटलले निरन्तर रुपमा खेलकुद गतिविधि तथा सामाजिक कार्यमा संलग्न सरोकारवाला निकायहरु संग सहकार्य गरी कार्य गर्दै आइरहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *