यसबर्ष देखि यी १३ वटा अस्पतालमा १० बेडको मानसिक वार्ड सञ्चालनमा आउने

काठमाडौँ, २५ भदौ । सरकारले यस आर्थिक बर्षमा देशभरका १३ वटा ठूला अस्पतालहरुमा १० शैय्याको मानसिक रोगको वार्ड बनाउने कार्यक्रम अघि सारेको छ । मानसिक स्वास्थ्यको बढ्दो जोखिमलाई ध्यान दिदै अस्पतालहरुमा छुट्टै मानसिक वार्ड बनाउने योजना अघि सारेको हो ।

विश्व आत्महत्या रोकथाम दिवसको सन्दर्भ पारी स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको कार्यक्रममा निर्देशक डा. कृष्ण पौडेलले सो जानकारी दिएका हुन् । उनले यसै आर्थिक बर्ष देखि ‘साइक्रोटिक ड्रग प्रोकुरमेन्ट’ अन्तरगर्त सबै प्रदेशमा ५० लाखको दरले बजेट विनियोजन गरेको बताए । यसले मानसिक स्वास्थ्य सम्वन्धी औषधि आपूर्तिमा सहज हुने विश्वास रहेको डा पौडेलले बताए ।

डा पौडेलका अनुसार यसबर्ष देखि भद्रपुर झापामा रहेको मेची अस्पताल, विराटनगरमा रहेको कोशी अस्पताल, राजबिराजमा रहेको राजविराज अस्पताल, धनुषाको जनकपुर अस्प्ताल र पर्साको वीरगञ्ज अस्पतालमा १० सैय्याको मानसिक वार्ड बन्ने छन् ।

यस्तै मकवानपुरको हैटौडा अस्पताल, बाग्लुङको बाग्लुङ अस्पताल, बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, तुलसीपुर दाङको तुलसीपुर अस्पताल, भेरी अस्पताल नेपालगञ्ज, सुर्खेत अस्पताल सुर्खेत, सेती अस्पताल धनगढी र डडेल्धुरा अस्पताल डडेल्धुरामा पनि १० बेडको मानसिक वार्ड सञ्चालनमा आउने बताइएको छ ।

आत्महत्याकै कारण विश्वमा हरेक बर्ष ८ लाख बढीको मृत्यु हुने गरेको छ । नेपालमा बर्षेनी करीव ७ हजार १ सय जनाले आत्महत्या गर्ने गरेको नेपाल प्रहरीको तथ्यांक छ ।

त्यसो त आत्महत्या रोकथामका लागि मानसिक अस्प्तालमा पाटनमा ११६६ नम्बरको निशुल्क हेल्पलाइन नम्बर सञ्चालनमा आएको छ ।
मानसिक अस्पताल र टीपीओ नेपालद्धारा सञ्चालित यो यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।

आत्महत्या वा आत्महानीको सोच आईरहेका व्यक्तिहरुलाई लक्षित गरी सञ्चालनमा ल्याइएको यो नम्बरमा त्यस्ता व्यक्तिले फोन गरी आफ्ना समस्या राखि सम्भावित दुर्घटनाबाट आफूलाई जोगाउन सकुन भन्ने उदेश्यले सञ्चालनमा ल्याइएको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *