तीजको दिन देशभर थप १२७१ जनामा कोरोना संक्रमण, १८४५ जना डिस्चार्ज

काठमाडौँ, २४ भदौ । तीजको दिन १ हजार २७१ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार ८४५ जना निको भई डिस्चार्ज भएका छन् । आज थप १४ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको बिबरण अनुसार ८ हजार ८९८ जनाको पीसीआर बिधीबाट र ३ हजार ४६ जनाको एन्टीजेन बिधिबाट गरी कुल ११ हजार ९४४ जनाको नमुना परीक्षण भएको छ । जसमा १ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा ३२९ भक्तपुरमा ३७ र ललितपुरमा ६७ जना गरी काठमाडौँ उपत्यकामा ४३३ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ४५८ र भेन्टीलेटरमा १३९ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *