एमाले अध्यक्ष ओली अस्वस्थ, ज्वरो आएपछि भेटघाट बन्द
काठमाडौँ, १९ भदौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई ज्वरो आएको छ ।
बालकोटस्थित आफ्नै निवासमा रहेका उनी अस्वस्थ भएपछि अहिले भेटघाटलाई बन्द गरिएको छ ।
ओलीका प्रेस सहयोगी रामशरण बजगाईका अनुसार शुक्रबार देखि ओलीलाई ज्वरो आएको थियो । अहिले सामान्यउन्मुख बन्दै गएको छ ।
बजगाईले धपेडीका कारण सामान्य अस्वस्थ भएको हुनसक्ने बताए ।
‘राजनीतिक भेटघाट र मिटि ङ बढी भयो । विहानै देखि रातीसम्म भेटघाट र छलफलमा बढी व्यस्त हुनुभयो । आराम पुगेन । त्यसैले सामान्य असहज भएको हो । अहिले आराम गरिरहनु भएको छ । भेटघाटलाई बन्द गरेका छौँ,’ उनले भने ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



