बागमती प्रदेशका सामाजिक विकास मन्त्री खनालले राजिनामा दिए

244
Shares

काठमाडौँ, १६ भदौ ।  बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेका तर्फबाट दुई साता अघि मन्त्री बनेका उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि बुधबार मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

उनी २ भदौमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रीमा नियुक्त भएका थिए ।

खनालले राजीनामा दिएपछि अब बागमती प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र छन् ।

खनालसहितका बागमती प्रदेशसभाका १२ सदस्यले मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादी रोजेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *