सेरो प्रिभ्यालेन्स सर्भेक्षण रिपोर्टले भन्यो : कोरोना खोप अत्यन्त प्रभावकारी छ

काठमाडौँ, १३ भदौ । सरकारले उपलव्ध गराएको कोरोना विरुद्धको खोप अत्यन्तै प्रभावकारी भएको पाइएको छ । कोभिड -१९ संक्रमणको दोस्रो राष्ट्रिय सेरो प्रिभ्यालेन्स सर्भेक्षणको नतिजाले यस्तो देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको नतिजा अनुसार एक मात्रा खोप लगाएका व्यक्तिहरु ८० प्रतिशतमा र पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा एन्टिवडी देखिको हो । यसले हामीले लगाईरहेका खोपहरु अन्यन्त प्रभावकारी रहेको पाइएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बताए ।

मन्त्रालयले कोभिड -१९ संक्रमणको अवस्थालाई सूक्ष्म विश्लेषण गरी आवश्यक कार्ययोजना बनाउन भन्दै ६ महिना भन्दा माथि उमेरका १३ हजार १६१ जनाको परीक्षण नमूना विश्लेषण गरेको थियो ।

देशभरीबाट संकलित सो नमूना परीक्षण गर्दा ६८.६ प्रतिशत नमूनामा कोभिड १९ एन्टीवडी देखिएको छ । यो नमूना असार २१ देखि उसाउन ३० गतेसम्म संकलन गरिएको समेत उसले स्पष्ट पारेको छ ।

तर मन्त्रालयले भाइरसले आफ्नो रुप परिवर्तन गरिरहने जोखिम कायमै रहेकोले संक्रमणको रोकथाम, नियन्त्रण गर्नु नै एक मात्रै प्रभावकारी उपाय हो भन्दै अहिलेको मापदण्डको पूर्ण पालना गर्नै पर्ने भनेको छ ।

उसले कोभिड १९ संग मिल्दोजुल्दो लक्षण भएमा आफ्नो स्थानीय तहसंग सम्पर्क गरी निशुल्क परीक्षण गर्न गराउन वा नजिकको सरकारी स्वास्थ्य संस्थामा निशुल्क परीक्षण हुने व्यवस्था गर्न समेत अनुरोध गरेको छ ।

मन्त्रालयले आफू संक्रमण पुष्टि भएमा विगत सात दिन भित्र आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई अलग्गै बस्न तथा नियमित निगरानीमा रहन र कुनै पनि स्वास्थ्य समस्या हुने वित्तिकै परीक्षण गर्न र स्वास्थ्यकर्मीको सम्पर्कमा आउन जानकारी गराउनका साथै आफू १० दिन आइसोलेसनमा बसी स्वास्थ्यकर्मीको निगरानीमा रहन समेत अनुरोध गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *