बुधबारबाट विस्तारित सेवा सुरु गर्दै तिलगंगा आँखा प्रतिष्ठान

काठमाडौँ, १३ भदौ । तिलगंगा आँखा प्रतिष्ठानले आगामी बुधबारबाट विस्तारित सेवा प्रारम्भ गर्ने भएको छ । हाल बिहान ८ बजेदेखि दिउँसो ३ः३० सम्म मात्र नियमित सेवा प्रदान गरिरहेको प्रतिष्ठानले आउदो १६ भदौ देखि देखि साँझ ६ः३० बजेसम्म आँखा सेवा स्वास्थ्य प्रदान गर्ने भएको हो ।

कार्यालय समय भित्र आँखा उपचारका लागि समय मिलाउन अप्ठ्यारो भएका र व्यस्तताको कारणले बिहान तथा दिउँसो उपचार सेवा लिन नसक्नेहरुलाई मध्यनजर गर्दै विस्तारित सेवा शुरु गर्न लागेको जनाएको छ ।

‘अब देखि नियमित सेवा र प्रिमियम सेवा लिन चाहने सेवाग्राहीहरुले ८ बजेदेखि २ बजेसम्म नाम दर्ता गर्न सक्नेछन् भने विस्तारित सेवा लिन चाहने सेवाग्राहीहरुले दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म नाम दर्ता गरी सेवा लिन सक्नुहुनेछ,’ प्रतिष्ठानकी बरिष्ठ जनसम्पर्क अधिकृत सोनू केसीले भनिन् ।

त्यसो त प्रतिष्ठानले विगत ६ महिनादेखि प्रिमियम सेवा पनि संचालन गरिरहेको छ । प्रिमियम आँखा उपचार सेवामा सहज तथा छिटो, लामो लाईन बस्न नपर्ने, सबै विशेषज्ञ डाक्टरहरु एकै ठाउँमा हुने आदि जस्ता सुविधाहरु रहेका छन् । बिहान ८ः३० देखि दिउँसो ३ः०० बजे भित्र सेवाग्राहीले यो सेवा लिन सक्नेछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *