चौबिस घण्टामा थप १८५७ जनामा कोरोना संक्रमण, २२२२ जना डिस्चार्ज

- नेपाली हेल्थ

काठमाडौँ, १२ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप १ हजार ८५७ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २ हजार २२२ जना निको भई डिस्चार्ज भएका छन् । आज थप २७ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको बिबरण अनुसार ९ हजार ४०९ जनाको पीसीआर बिधीबाट र ३ हजार ७६७ जनाको एन्टीजेन बिधिबाट गरी कुल १३ हजार ११७ जनाको नमुना परीक्षण भएको छ । जसमा १ हजार ८५७ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा ३७० भक्तपुरमा ६७ र ललितपुरमा ११२ जना गरी काठमाडौँ उपत्यकामा ५४९ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ८६६ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ६१५ र भेन्टीलेटरमा १७४ जना संक्रमित उपचाररत रहेका छन्। त्यस्तै २० वटा जिल्लामा ५ सय भन्दा धेरै र १९ वटा जिल्लामा २ सय भन्दा धेरै सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।


Facebook Comment


थप समाचार