प्रेमसागरले गरे १६७ औँ पटक रक्तदान

काठमाडौँ, ६ भदौ । नेपाल स्वसंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले १६७औँ पटक रक्तदान गरेका छन्।

न्यू एक्टिभिटिज क्लबद्वारा खत्रीपैवा, धुनिबेसी – ४  धादिङमा आयोजित विशेष कार्यक्रममा कर्माचार्यले १६७औँ पटक रक्तदान गरेका हुन् । हरेक तीन तीन महिनाको अन्तरमा रक्तदान गर्ने उनी नेपालमै सबैभन्दा बढी पटक रक्तदान गर्ने व्यक्ति हुन् ।

सो कार्यक्रममा कर्माचार्यसहित महिला तथा पुरूष गरि ३५ जनाले रक्तदान गरेको क्लबले जानकारी दिएको छ। कोभिड-१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त(तत्वहरूको उपलब्धतामा सहजता गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।

क्लबका संस्थपक एवं सल्लाहकार राजाराम पाण्डेको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी रक्तदाता कर्माचार्य र स्वास्थ्य सेवा विभाग नेपाल रेडक्रस सोसाइटीका निर्देशक डा.मनिता राजकर्णिकार विशेष अतिथि रहेका थिए।

उक्त कार्यक्रममा स्वयंसेवी शतक रक्तदाता कर्माचार्यलाई क्लबको तर्फबाट सार्वजनिक अभिनन्दन समेत गरिएको थियो।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *