के कोरोना खोप लगाएपछि शरीरमा कुनै असर देखिएन भने खोपले काम गर्दैन ?

काठमाडौँ, ४ भदौ । कतिपय ब्यक्तिहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाएपछि शरीरमा केही न केही असर देखिएको हुन्छ। तर केही व्यक्तिलाई भने कुनै पनि असर नदेखिन सक्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस विरुद्धको खोप लगाइसकेपछि शरीरमा कुनै पनि असर नदेखिएमा खोपले काम गर्दैन भन्ने कुरा भम्र मात्र हो।
खोप लगाएपछि कुनै पनि असर नदेखिने कुरालाई खोपको प्रभावकारितासँग जोडेर हेर्न मिल्दैन। खोप लगाएपछि केही असर कसैमा देखिने र कसैमा नदेखिने हुन्छ। तर यी दुबै अवस्थामा खोपले काम गर्छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।



नेपाली हेल्थ 



