के कोरोना खोप लगाएपछि शरीरमा कुनै असर देखिएन भने खोपले काम गर्दैन ?
काठमाडौँ, ४ भदौ । कतिपय ब्यक्तिहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाएपछि शरीरमा केही न केही असर देखिएको हुन्छ। तर केही व्यक्तिलाई भने कुनै पनि असर नदेखिन सक्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस विरुद्धको खोप लगाइसकेपछि शरीरमा कुनै पनि असर नदेखिएमा खोपले काम गर्दैन भन्ने कुरा भम्र मात्र हो।
खोप लगाएपछि कुनै पनि असर नदेखिने कुरालाई खोपको प्रभावकारितासँग जोडेर हेर्न मिल्दैन। खोप लगाएपछि केही असर कसैमा देखिने र कसैमा नदेखिने हुन्छ। तर यी दुबै अवस्थामा खोपले काम गर्छ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]