बरिष्ठ आयुर्वेद डाक्टर ऋषिराम कोइरालाको निधन

काठमाडौँ, १ भदौ । बरिष्ठ आयुर्वेद चिकित्सक डाक्टर ऋषिराम कोइरालाको निधन भएको छ । धुम्वाराहीस्थित ह्याम्स अस्पतालमा उपचारकै क्रममा उनको आज दिउसो १ बजे निधन भएको हो ।

अस्पतालका निर्देशक डा ज्योतिन्द्र शर्माले भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा मंगलबार (आज) दिउसो १ बजे निधन भएको पुष्टि गरे ।

गत २३ साउनमा छातीमा असहजता भएपछि परिवारले हृद्धयघातको आशंका गर्दै उहाँलाई गंगालाल अस्पताल बाँसबारी पुर्‍याउनु भएको थियो । त्यहाँ पुर्‍याएपछि पनि समस्या सुधार भएन बरु सीपीआर दिनु परेछ । ज्यान त त्यहाँ बच्यो तर होस आउन सकेन । त्यसपछि एक जना छोरा यहाँ (ह्याम्समा) नै काम गर्ने भएपछि यहाँ ल्याउनु भएको हो । यहाँ ल्याएपछि भेन्टिलेटरमा राखिएको थियो । आज परीक्षण गरिसकेपछि ब्रेन डेथ भएको निस्कर्ष निकालिएको हो,’ ह्याम्सका निर्देशक शर्माले भने ।

उनका अनुसार स्वर्गीय डाक्टर कोइरालामा मुटु तथा मधुमेह सम्वन्धी समस्या थियो ।

आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा प्रकाश ज्ञवालीले पारिवारिक स्रोत उल्लेख गर्दै आजै दिउसो २ बजे पशुपति आर्याघाटमा डा कोइरालाको श्रद्धान्जली तथा दाहासंस्कार गर्ने कार्यक्रम राखिएको जानकारी दिएका छन् ।

स्वर्गीय डा कोइराला आयुर्वेद चिकित्सक संघका पूर्व अध्यक्ष हुन् । उनले २३ वर्ष सरकारी सेवामा विताएका थिए ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *