चौबिस घण्टामा थपिए ३४५१ जना कोरोना संक्रमित, ३५ जनाको मृत्यु

काठमाडौँ, ३२ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हजार ४५१ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २ हजार ४५८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज थप ३५ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको बिबरण अनुसार १० हजार ९३ जनाको पीसीआर बिधीबाट र ५ हजार ५१८ जनाको एन्टीजेन बिधिबाट गरी कुल १५ हजार ६११ जनाको नमुना परीक्षण भएको छ । जसमा ३ हजार ४५१ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा ६७७, भक्तपुरमा ११७ र ललितपुमा १६७ जना गरी काठमाडौँ उपत्यकामा ९६१ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ७९५र भेन्टीलेटरमा १९७ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *