स्वास्थ्यका सात जना डाक्टरको दशौं तहमा स्तरबृद्धि

काठमाडौँ, ३१ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात जना डाक्टरको दशौँ तहमा स्तरबृद्धि गरेको छ । मन्त्रालयले आइतबार उनीहरुको स्तरबृद्धि गरेको हो ।

स्तरबृद्धिमा पर्नेहरुमा गुल्मी अस्पतालका मेसु डा. उत्तम पच्या, स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी र दमौली अस्पतालमा मेसु डा. सुनील पौडेल रहेका छन् ।

यस्तै सेती अस्पतालका कन्सलट्यान्ट डा. जगदीश जोशी, प्युठान अस्पतालका मेसु डा. नविन दर्नाल,  स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखरामा कार्यरत कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा. बुद्धिप्रसाद पौडेल र  बरिष्ठ जनस्वास्थ्य प्रशासक डा. सुरेश मेहता रहेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *