देशभर थपिए २६२४ जना कोरोना संक्रमित, १३२० संक्रमणमुक्त

168
Shares

काठमाडौँ, ३० साउन । शनिबार देशभर थप २ हजार ६ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार ३ सय २० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज थप २० जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको बिबरण अनुसार ८ हजार ६ सय ६७ जनाको पीसीआर बिधीबाट र ४ हजार ९ सय ६ जनाको एन्टीजेन बिधिबाट गरी कुल १३ हजार ५ सय ७३ जनाको नमुना परीक्षण भएकोमा २ हजार ६ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा ५३५, भक्तपुरमा ९९ र ललितपुरमा १६४ जना गरी काठमाडौँ उपत्यकामा ७९८ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४०५ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ७६० र भेन्टीलेटरमा १८६ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *