देशभर थप ३२६० जनामा कोरोना संक्रमण पुष्टि, २२९४ संक्रमणमुक्त

356
Shares

काठमाडौँ, २८ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप २ हजार २ सय ९४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज थप ३२ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको बिबरण अनुसार १० हजार ८ सय ६ जनाको पीसीआर बिधीबाट र ४ हजार ६ सय ५६ जनाको एन्टीजेन बिधिबाट गरी कुल १५ हजार ४ सय ६२ जनाको नमुना परीक्षण भएको छ । जसमा ३ हजार २६० जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा ८११, भक्तपुरमा १३० र ललितपुमा १९२ जना गरी काठमाडौँ उपत्यकामा १ हजार १३३ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० रहेको छ । देशभरका कोभिड अस्पतालका आइसीयूमा ७३७ र भेन्टीलेटरमा १८३ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *