स्वास्थ्य मन्त्रालयको प्रशासन महाशाखा सम्हाल्न इन्द्रमणि पोखरेल आउँदै

8.3k
Shares

काठमाडौँ, २८ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव इन्द्रमणि पोखरेललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउने निर्णय गरेको छ । विहीबार सामान्यले उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयमा कार्यरत सहसचिव पोखरेललाई काजमा स्वास्थ्य मन्त्रालय पठाउने निर्णय गरेको हो ।

डेढ वर्ष अघि पनि सहसचिव पोखरेल स्वास्थ्यमा आएका थिए । उनले त्यसबेला करीव डेढ महिना जनसंख्या महाशाखाको जिम्मेवारी सम्हालेका थिए ।

अहिले स्वास्थ्यमा प्रशासन महाशाखा पद खाली रहेको छ । त्यहाँ सहसचिव रहेका डा दामोदर रेग्मी सचिवमा बढुवा भएपछि सो महाशाखा खालि भएको हो ।

स्वास्थ्यमा आईसकेपछि सम्भवत अव पोखरेलले सोही महाशाखा सम्हाल्ने छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *