आइतबार थप २५४८ जनामा कोरोना संक्रमण पुष्टि, ५५ जनाको मृत्यु

काठमाडौँ, २४ साउन । आइतबार देशभर थप २ हजार ५ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप ५५ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जारी गरेको बिबरण अनुसार ९ हजार ३३ जनाको पीसीआर बिधीबाट र ३ हजार ३४५ जनाको एन्टीजेन बिधिबाट गरी कुल १२ हजार ३७८ जनाको कोभिड १९ परीक्षण भएकोमा २ हजार ५ सय ४८ जनाको रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँमा ७४० , भक्तपुरमा ५६ र ललितपुरमा १५५ जना गरी काठमाडौँ उपत्यकामा ९५१ जना थपिएका छन् ।

हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ८५ रहेको छ । त्यसैगरी आज थप २ हजार २९ जना संक्रमणमुक्त भएका छन् ।

देशभरका कोभिड अस्पतालका आइसीयूमा ८०२ र भेन्टीलेटरमा १८१ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *