रुपन्देहीमा २५ साउन देखि भेरोसेलको दोस्रो मात्रा दिईदै (खोप केन्द्रसहित)

बुटवल, २२ साउन । रुपन्देहीमा आगामी २५ साउन देखि कोभिडबिरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा दिइदै छ । जिल्ला कोभिड खोप समन्वय तथा अनुगमन समितिको गत बुधबार बसेको बैठकले २५ साउन देखि भेरोसेलको दोस्रो मात्रा दिने निर्णय गरेको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले साउन १ देखि भेरोसेल खोपको पहिलो मात्रा लगाएका र २१ दिन पुगेकाहरुलाई आगामी २५ साउन देखि दोस्रो मात्रा दिन लागिएको बताए । उनले खोप कार्ड लिएर तोकिएका खोप केन्द्रमा खोपका लागि जान समेत आग्रह गरे ।

दोस्रो मात्रा भेरोसेल लगाउनका लागि तोकिएका खोप केन्द्रहरु

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *