उपत्यकामा ८५१ सहित देशभर थपिए २५६८ जना कोरोना संक्रमित
काठमाडौँ, १७ साउन । पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकामा ८५१ सहित देशभर २ हजार ५ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठामाडौँमा ५९४, भक्तपुरमा ९१ र ललितपुरमा १६६ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आइतबार जारी गरेको बिबरण अनुसार आज थप ८ हजार ४ सय २ जनाको पीसीआर बिधिबाट र ४ हजार २ सय ३४ जनाको एन्टीजेन विधिबाट गरी १२ हजार ६ सय ३६ जनाको कोभिड १९ परीक्षण भएकोमा २ हजार ५ सय ६८ जनाको रिपोट पोजेटिभ आएको हो ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या ७ लाख ५९ हजार ३०७ पुगेको छ । ३६ लाख ११ हजार ८ सय ६७ पीसीआर बिधिबाट र ३ लाख २२ हजार ६०१ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण भएको छ ।
त्यसैगरी आज थप २ हजार २० जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ५६ हजार १ सय ९७ जना संक्रमणमुक्त भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २ सय ९८ रहेको छ । त्यस्तै गत चौबिस घण्टा नेपालमा थप १८ जना संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या ९ हजार ८ सय ७५ पुगेको छ ।
देशभरका कोभिड अस्पतालका आइसीयूमा ६७७ र भेन्टीटरमा १६९ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]