उपत्यकामा ७७५ सहित देशभर थपिए ३१०६ जना कोरोना संक्रमित

काठमाडौँ, १६ साउन । पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकामा ७७५ सहित देशभर ३ हजार १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठामाडौँमा ५१७, भक्तपुरमा ९४ र ललितपुरमा १६४ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शनिबार जारी गरेको बिबरण अनुसार आज थप ९ हजार २ सय ६३ जनाको पीसीआर बिधिबाट र ४ हजार २ सय ५६ जनाको एन्टीजेन विधिबाट गरी १३ हजार ५ सय १९ जनाको कोभिड १९ परीक्षण भएकोमा ३ हजार १ सय ६ जनाको रिपोट पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ७ लाख ५६ हजार ७ सय ३९ पुगेको छ । ३६ लाख ३ हजार ४सय ६५ पीसीआर बिधिबाट र ३ लाख १८ हजार ३ सय ६७ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण भएको छ ।

त्यसैगरी आज थप १ हजार ९ सय १६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ५४ हजार १ सय ७७ जना संक्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ५५ रहेको छ । त्यस्तै गत चौबिस घण्टा नेपालमा थप २३ जना संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या ९ हजार ८ सय ५७ पुगेको छ ।

देशभरका कोभिड अस्पतालका आइसीयूमा ७०६ र भेन्टीटरमा १६६ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *