काठमाडौँमा आज ४७ हजार बढीले लगाए भेरोसेल

104
Shares

काठमाडौँ, १५ साउन । काठमाडौँमा शुक्रबार ४७ हजार ६४ जनाले कोभिडबिरुद्धको खोप भेरोसेल लगाएका छन् । बिहीबार भने ३० हजार ७०८ जनाले खोप लगाएका थिए । पछिल्लो अभियान अन्तरगर्त बिहीबार र शुक्रबार गरी ७७ हजार ७७२ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार शुक्रबार ६६ वटा नै खोप केन्द्र नै सञ्चालन भएका थिए । महानगरपालिकाको हरेक वडामा १ १ गरि ३२ वटा र ७ वटा अस्पताल गरि ३९ खोप केन्द्र सञ्चालनमा रहेको छ । अरु पालिकले पनि आफ्ना नागरिकलाइ पायक पर्ने स्थानमा खोप केन्द्र राखेर भेरोसेल खोप लगाइ रहेको खड्काले बताए ।

महानगरले यस पटक वडाहरुमा ५० वर्ष वा सो भन्दा माथी उमेरका व्यक्ति, शिक्षक र चालकहरुलाई खोप दिईएको छ । अत्यावश्यक सेवामा कार्यरत व्यक्तिका लागि सामाखुशीस्थित राधास्वामी आइसोलेसन सेन्टर, टेकु अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पताल तोकिएको छ ।

यसैगरी विदेशमा काम गर्न जानेहरुका लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र बिरेन्द्र सैनिक अस्पताल छाउनीमा तोकिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *