ललितपुर महानगरपालिकामा आजबाट ४५ बर्ष माथिकालाई भेरोसेलको पहिलो मात्रा दिईदै
काठमाडौँ, १५ साउन । ललितपुर महानगरपालिकाले आजबाट ४५ बर्ष माथिका व्यक्तिलाई भेरोसेल खोप दिने भएको छ । महानगरपालिका भित्र रहेका २९ वटै वडामा आगामी १७ साउनसम्म भेरोसेल खोप दिने भएको हो ।
महानगरपालिकाले १८ साउनका दिन भने जोनसन एण्ड जोनसन खोप दिने उल्लेख गरेको छ । त्यसको विस्तृत जानकारी पछि उल्लेख गर्ने समेत महानगरपालिकाद्धारा जारी सूचनामा बताइएको छ ।
जिल्लाका अरु नगरपालिका तथा गाँउपालिकामा भने विहीबार देखि नै खोप सुरु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



