पछिल्लो २४ घण्टा थप ३३६५ जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौँ, १४ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमितको संख्या ७ लाख ५० हजार २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज काठमाडौँमा ५९७, भक्तपुरमा १०८ र ललितपुरमा १५५ जना गरी काठमाडौँ उपत्यकाका तीन जिल्लामा ८६० जना थपिएका छन् ।

मन्त्रालयले बिहीबार जारी गरेको बिबरण अनुसार आज ९ हजार ५ सय ५५ जनाको पीसीआर बिधिबाट र ४ हजार ६ सय ८७ जनाको एन्टीजेन विधिबाट गरी १४ हजार २ सय ४२ जनाको कोभिड १९ परीक्षण भएको छ ।

आज कोरोना भाइरसबाट १ हजार ३ सय ७३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ५० हजार ४सय  ४५ जना संक्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३ सय ९० रहेको छ । त्यस्तै गत चौबिस घण्टा नेपालमा १६ जना संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या ९ हजार ८ सय ७ पुगेको छ ।

आइसीयूमा ६३६ जना र भेन्टीलेटरमा १६० जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *