देशभर थप ३८४० जनामा संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

172
Shares

काठमाडौँ, १३ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार १० हजार ८ सय ८६ जनाको पीसीआर बिधिबाट र ४ हजार ९ सय २२ जनाको एन्टीजेन विधिबाट गरी १५ हजार ८ सय ८ जनाको कोभिड १९ परीक्षण भएको छ । उक्त परीक्षणबाट ३ हजार ८ सय ४० जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँमा ५५९, भक्तपुरमा ९४ र ललितपुरमा २०६ जना गरी काठमाडौँ उपत्यकामा ८५९ जना थपिएका छन् ।

त्यसैगरी आज थप १ हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका छन् । ३३ जना संक्रमितको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ सय ४४ रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *