उकालो लाग्दै संक्रमण : मंगलबार थप ३८९९ जनामा संक्रमण पुष्टि, २० जनाको मृत्यु

224
Shares

काठमाडौँ, १२ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यहि अवधिमा थप १ हजार ७ सय ७८ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी आज थप २० जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार, जारी गरेको बिबरण अनुसार १२ हजार ६ सय ५५ जनाको पीसीआर बिधिबाट र ४ हजार ८ सय ६३ जनाको एन्टीजेन विधिबाट गरी १७ हजार ५ सय १८ जनाको कोभिड १९ परीक्षण भएको छ । उक्त परीक्षणबाट ३ हजार ८ सय ९९ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँमा ४७५, भक्तपुरमा १३२ र ललितपुरमा १६७ जना गरी काठमाडौँ उपत्यकामा ७७४ जना थपिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८ सय ३६ रहेको छ । देशभरका कोभिड अस्पतालका आइसीयूमा ६११ र भेन्टीलेटरमा १७१ जना संक्रमित उपचाररत छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *