देशभर थप ३४२१ जनामा कोरोना संक्रमण पुष्टि, २५ को मृत्यु

404
Shares

काठमाडौँ, ११ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यहि अवधिमा थप १ हजार ६ सय ८६ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी आज थप २५ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको बिबरण अनुसार १२ हजार २ सय ४० जनाको पीसीआर बिधिबाट र ५ हजार ३२ जनाको एन्टीजेन विधिबाट गरी १७ हजार २ सय ७२ जनाको कोभिड १९ परीक्षण भएको छ । उक्त परीक्षणबाट ३ हजार ४ सय २१ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँमा ६७७, भक्तपुरमा १२५ र ललितपुरमा १९७ जना गरी काठमाडौँ उपत्यकामा ९९९ जना थपिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९ सय ८ रहेको छ । देशभरका कोभिड अस्पतालका आइसीयूमा ६६९ र भेन्टीलेटरमा १६६ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *