कोभिड-१९ को उपचारमा खटिएका करारका स्वास्थ्यकर्मीको कार्यकाल छ महिना थप
काठमाडौँ, ७ साउन । कोभिड – १९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीको करार अवधी छ महिना थप गर्ने बाटो खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत ३ साउनमा सचिवस्तरीय निर्णय गर्दै आवश्यकताका आधारमा करारका स्वास्थ्यकर्मीको पदावधी बढीमा ६ महिना थप्न सकिने निर्णय गरेको छ ।
कोभिड विरुद्धको अभियानका लागि धेरै स्वास्थ्य संस्थाले करारमा धेरै स्वास्थ्यकर्मीहरु भर्ना गरेका छन् । उनीहरुको करार अवधी असार मसान्तसम्म तोकिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



