नर्स तथा मिडवाइफको लाइसेन्स परीक्षा १९ भदौमा हुने

काठमाडौँ, ७ भदौ । नर्स तथा मिडवाइफहरुका लागि नेपाल नर्सिङ परिषदले लिने गरेको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी १९ भदौमा हुने भएको छ । परिषद्ले आज सूचना प्रकाशित गरी सो जानकारी दिएको हो ।

परिषदका अनुसार परीक्षामा सहभागी हुनेले आगमी १० साउन देखि ७ भदौसम्म फारम भर्न सक्नेछन् । यस्तै दोव्वर दस्तुर तिरेर १३ भदौसम्म फारम बुझाउन सक्ने परिषदले जनाएको छ ।

परीक्षामा पीसीएल नर्सिङ, वीएस्सी नर्सिङ तथा ब्याचलर इन मिडवाइफ (बीएमएस) उत्तीर्ण विद्यार्थीले सहभागीता जनाउन सक्नेछन् ।
हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *