नर्स तथा मिडवाइफको लाइसेन्स परीक्षा १९ भदौमा हुने
काठमाडौँ, ७ भदौ । नर्स तथा मिडवाइफहरुका लागि नेपाल नर्सिङ परिषदले लिने गरेको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी १९ भदौमा हुने भएको छ । परिषद्ले आज सूचना प्रकाशित गरी सो जानकारी दिएको हो ।
परिषदका अनुसार परीक्षामा सहभागी हुनेले आगमी १० साउन देखि ७ भदौसम्म फारम भर्न सक्नेछन् । यस्तै दोव्वर दस्तुर तिरेर १३ भदौसम्म फारम बुझाउन सक्ने परिषदले जनाएको छ ।
परीक्षामा पीसीएल नर्सिङ, वीएस्सी नर्सिङ तथा ब्याचलर इन मिडवाइफ (बीएमएस) उत्तीर्ण विद्यार्थीले सहभागीता जनाउन सक्नेछन् ।
हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



