१० हजार बढी नि:शुल्क स्वास्थ्य परीक्षण गर्न केडीसी र प्रभु बैंकबीच सम्झौँता

सम्झौँता पछि प्रभु बैंकका सीईओ अशोक शेरचन र केडीसीका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ (दायाँ)

काठमाडौँ, ६ साउन । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलद्धारा सञ्चालित केडीसी जनरल हस्पिटलले अवको एक वर्ष भित्र देशका विभिन्न जिल्लामा पुगेर १० हजार बढी आम सर्वसाधारणको निशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

प्रभु बैंक लिमिटेड र वीएम फाउण्डेनसंगको सहकार्यमा केडीसीले जिल्ला जिल्लामा गएर १० हजार बढीको मुख तथा दन्त स्वास्थ्य, आँखा स्वास्थ्य र महिलाको प्रजनन् स्वास्थ्य सम्वन्धी परीक्षण गर्ने भएको हो ।

केडीसीले जिल्लामा स्वास्थ्य परीक्षण सिविर सञ्चालन गरेकै बखत स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका शिक्षक र स्थानीय स्वास्थ्य संस्थाका प्राविधिकहरुलाई मुख तथा दन्त स्वास्थ्य, आँखा स्वास्थ्य र महिलाको प्रजनन् स्वास्थ्य सम्वन्धी अभिमुखिकरण तालिम दिने समेत उल्लेख गरेको छ ।

निशुल्क स्वास्थ्य परीक्षण र अभिमुखीकरण सम्वन्धी कार्यक्रम गर्ने विषयमा मंगलबार केसीडी र वीएम फाउण्डेशनका अध्यक्ष डा बुद्धिमान श्रेष्ठ र प्रभु बैंकका सिईओ अशोक शेरचनबीच सम्झौँता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौँता पछि डा श्रेष्ठले मुख, आँखा र महिलाको प्रजनन् स्वास्थ्यका विषय निकै नै सम्वेदनशील रहेको भन्दै स्थानीय तहमा गएर स्वास्थ्य परीक्षण गर्नका लागि हातेमालो गरेकोमा प्रभु बैंकलाई धन्यवाद दिए । प्रभु बैंकका सिईओ शेरचनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगर्त केडीसीसंग सहकार्यको थालनी गरेको बताए ।

सम्झौँता पछि पहिलो चरणमा कार्यक्रम बागमती प्रदेशको चितवन, लुम्बिनी प्रदेशको रुपन्देही र गण्डकी प्रदेशको स्याङ्जा, कास्की, बागलुङ र म्याग्दी जिल्लामा लागू हुने तयारी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *