मंगलबार थप ३१०८ जनामा कोरोना संक्रमण, २५ जनाको मृत्यु

काठमाडौँ, ५ साउन । मंगलबार देशभर थप ३ हजार १ सय ८ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा २५ जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी थप १ हजार ५ सय ९५ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको बिबरण अनुसार ८ हजार ८ सय ३६ जनाको पीसीआर बिधिबाट र ४ हजार २ सय ९९ जनाको एन्टीजेन विधिबाट गरी कुल १३ हजार १ सय ३५ जनाको कोभिड १९ परीक्षण भएको छ । उक्त परीक्षणबाट ३ हजार १ सय ८ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँमा ५३१, भक्तपुरमा ४१ र ललितपुरमा १४७ जना गरी काठमाडौँ उपत्यकामा ७१९ जना थपिएका छन् ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ८ सय ३७ रहेको छ । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा ५९२ र भेन्टीलेटरमा १७२ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा  हालसम्म कुल ३४ लाख ८६ हजार ३ सय ५४ जनाको पीसीआर र २ लाख ७० हजार ९ सय ६१ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण भएको छ । जसमा कुल ७ लाख २१ हजार ६ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ३४ हजार ९ सय २७ जना संक्रमणमुक्त भएका छन् । मृत्यु हुनेको संख्या ९ हजार ६ सय ७ पुगेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *