भरतपुर क्यान्सर अस्पतालमा इएचएस सेवा पुनः शुरु

भरतपुर, ३ साउन । कोभिडका कारण बन्द रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको इएचएस र बिहानी सभा नियमित हुने भएको छ। कोरोनाको पहिलो लहरसँगै बन्द रहेका यी सेवा पुनः शुरु हुने भएको हो।

अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माका अनुसार इएचएस लगायतका कोरोनाका कारण बन्द रहेका सेवा साउन ३ गते आइतबारदेखि नियमित हुनेछन्। उनले सम्बन्धित विभाग, शाखा, इकाइ र मातहतका सम्पूर्ण कर्मचारीलाई सोही अनुसार सेवा प्रवाह गरी बिरामीलाई सेवा प्रदान गर्न सूचित गरिएको बताए।

उनका अनुसार बिरामी चाप रहेका केही विभागमा समयसमयमा इएचएस सेवा दिइएको थियो। हरेक दिन ३ देखि ५ बजेसम्म यो सेवा दिइने उनले जानकारी दिए। आइतबारबाट सबै विभागमा पूर्ववत् अवस्थामा इएचएस सेवा सञ्चालनमा आउनेछ। कार्यालय समयबाहेकको समयमा अतिरिक्ति शुल्क लिएर दिइने सेवा इएचएस सेवा हो।

यसैगरी अस्पतालमा बिहानी सत्रमा सञ्चालन हुँदै आएको बिहानी सभा ९मर्निङ कन्फ्रेन्स० कोभिड–१९ महाकारीका कारणले केही समयदेखि बन्द रहेकामा साउन ४ गते सोमबारदेखि नियमित गरिएको छ।

प्रत्येक दिन बिहान ठीक ९ बजे सञ्चालन हुने उक्त सभामा सहभागी हुन सबै चिकित्सकलाई जानकारी गराई सकिएको उपनिर्देशक डा शर्माले बताए। उनले महामारी बिस्तारै न्यून हुँदै गएकाले सभा नियमित गरिएको बताउँदै भने,क्यान्सरका बिरामीको उपचारमा सहजता ल्याउन र मेडिकलसम्बन्धी अन्य छलफल गरी उपचार प्रणालीलाई प्रभावकारी बनाउने सभा गरिँदै आएको छ।ु

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *