समाज डेण्टलको नयाँ शाखा अब भक्तपुरको राधेराधेमा

काठमाडौं २ साउन , समाज डेण्टल हस्पिटलको चौथो शाखा भक्तपुरको राधेराधेमा खुलेको छ । समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २१ औं वार्षिक उत्सवको अवसरमा भक्तपुरमा पनि सेवा बिस्तार गरेको हो ।

समाज डेण्टल हस्पिटलका प्रमुख शंकु घिमिरिले सांस्कृतिक शहर भक्तपुर क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गर्न पाउदाँ खुसी लागेको बताए । भक्तपुरको राधेराधेमा सेवा सुरु भएको पहिलो महिना साउनभर सवै दन्त सेवामा २० प्रतिशत छुट दिने जानकारी पनि घिमिलेले दिएका छन ।

समाज डेण्टल हस्पिटलले २० वर्ष देखि दात तथा मुख सम्वन्धी रोगको उपचार गर्दै आएको छ ।

काठमाडौँको नयाँ बानेश्वरबाट सुरु भएको समाज डेण्टलको यसअघि नै बानेश्वर, जाउलाखेल, गोंगबुमा शाखा थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *