स्वास्थ्यकर्मीको जोखिम भत्ता एक साता भित्रै उपलव्ध गराउने मन्त्रिपरिषद्को निर्णय

28.8k
Shares

काठमाडौँ, २९ असार । सरकारले कोभिड – १९ को बिरुद्ध खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले पाउने भनिएको जोखिम भत्ता एक साता भित्र उपलव्ध गराउने निर्णय गरेको छ ।

नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा अध्यक्षतामा आज बसेको पहिलो मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । बैठक पछि सञ्चारकर्मीसंग निर्णय सुनाउँदै कानून मन्त्री ज्ञानेन्द्र कार्कीले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको जोखिम भत्ता एक साता भित्रै उपलव्ध गराउने निर्णय भएको बताए ।

कतिपय स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले सरकारले घोषणा गरेको जोखिम भत्ता नपाएको बताउँदै आएका छन् ।

सरकारले कोभिडबिरुद्ध खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो ।

चैत भित्र सबै नेपालीलाई कोभिडबिरुद्धको खोप दिईने

यस्तै बैठकले चैत महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ । मन्त्री कार्कीका अनुसार आउँदो असोज महिनाभित्र एक तिहाइ जनसंख्या र चैत भित्र सबै नेपालीलाई खोप लगाउने निर्णय भएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *