देशभर थप २३९८ जनामा कोरोना संक्रमण, २०७८ संक्रमणमुक्त

180
Shares

काठमाडौँ, २९ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ३ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा थप २ हजार ७८ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।

जसमध्ये काठमाडौँमा ४१०, भक्तपुरमा ८० र ललितपुरमा ९७ जना गरी काठमाडौँ उपत्यकामा ५८७ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको बिबरण अनुसार ७ हजार ५८ जनाको पीसीआर बिधिबाट र ३ हजार ९ सय ५४ जनाको एन्टीजेन विधिबाट गरी कुल ११ हजार १२जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार ३ सय ९८ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा ५८६ र भेन्टीलेटरमा १८२ जना उपचाररत रहेका छन् ।

त्यसैगरी आज थप १२ जना संक्रमितको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४ सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *